२ कार्तिक २०८३, सोमबार

चालक निदाउँदा दुर्घटना, दुईको मृत्यु, तीन घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इनरुवा, १३ माघ । रातभरी नसुतेका ट्रक चालक दिनमा सडकमा गुडाइरहेका थिए । एक्कासी चालक निदाए । ट्रक कारमा ठोक्कियो । २ जनाले घटनास्थलमै ज्यान गुमाए । ३ गम्भिर घाईते भए । घटना पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सुनसरीको इनरुवा इटहरी सडकखण्डअन्तर्गत तितिरवनाको हो । मंगलबार दिउँसो ट्रकले कारलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । प्रहरीका अनुसार चालकले निद्राले बाटो नदेख्दा दुर्घटना भएको बुझिएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा६च ९५४ नम्बरको कारलाई को१ख १३८९ ट्रकले ठक्कर दिँदा कार चालक काठमाडौँ–२१ बस्ने श्याम महर्जन र मधेसका सुनिल मोचीको ज्यान गएको सुनसरीका प्रहरी उपरीक्षक मसउद आलम खाँले जानकारी दिनुभयो ।

ट्रकले कारलाई र कार पल्टेर साइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा कार चालक महर्जन र मोचीको ज्यान गएको सुनसरी प्रहरीले जनाएको छ ।

सो घटनामा विक्रम विष्ट, सबुरलाल मोची गरी तीन जना घाइते भएका हुन् । ठक्कर दिने ट्रक पकली प्रहरीको नियन्त्रणमा रहेको छ । मृतक महर्जन दुर्घटनामा परी घाइते भएको र उपचार गर्ने क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।

मृतक मोचीको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा ल्याइएको छ । भने महर्जनको शव धरानमै रहेको सुनसरीका प्रहरी उपरीक्षक खाँले बताउनुभयो ।