२९ आश्विन २०८३, बिहिबार

राष्ट्रिय लिगमा आर्मीले झापालाई १ गोलले हरायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

footballकाठमाडौँ, १३ माघ । त्रिभुवन आर्मी क्लबले भापा एघार फुटबल क्लबलाई पराजित गर्दै राष्ट्रिय लिग फुटबल प्रतियोगितामा सुखद् सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा भएको सो प्रतियोगितामा आर्मीले झापा एघारलाई १–० गोलअन्तरले पराजित गरेको हो । जितसँगै आर्मीले शीर्ष तीन अङ्क जोडेको छ ।

आर्मीको जितमा टेकबहादुर बुढाथोकी नायक बने । उनले खेल सुरुआतीको छैटौँ मिनेटमा गरेको एक गोल नै आर्मीका लागि निर्णायक गोल साबित भयो । आर्मीका राजु तामाङको कर्नर बललाई सदुपयोग गर्दै बुढाथोकीले हेड गोल गरेका थिए ।

खेलको निर्धारित समयसम्म गोल फर्काउन निकै प्रयासरत झापा एघार खेलको छँैटौँ मिनेटलाई जोगाउन नसक्दा प्रतियोगितामा हार बेहोर्न बाध्य बन्यो । जारी प्रतियोगितामा मनाङ मस्र्याङ्दी क्लब, थ्रिस्टार क्लब र लुम्बिनी फुटबल क्लबले पनि समान तीन तीन अङ्क जोडेका छन् ।

यसअघि भएको पहिलो खेलमा मनाङ मस्र्याङ्दीले सुुदूरपश्चिमाञ्चल फुटबल क्लबलाई पराजित गरेको थियो भने थ्रिस्टार मोरङ फुटबल क्लबलाई र लुम्बिनी नेपाल प्रहरी क्लबलाई पराजित गर्दै विजयी भएका थिए । बुधबार थ्रिस्टार क्लबले सुदूपश्चिमाञ्चल फुटबल क्लबको सामना गर्नेछ ।

–राष्ट्रिय पुरुष भलिबल फागुनमा

पद्मोदय युवा क्लब चितवनको आयोजनामा पद्मोदय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आगामी फागुनको पहिलो सातामा सञ्चानल हुने भएको छ ।

क्लबद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा चितवन जिल्लाकै इतिहासमा राष्ट्रियस्तरको प्रतियोगिता पहिलो पटक सञ्चालन गर्न लागिएको क्लबका अध्यक्ष रामहरि सेढाईंले जानकरी दिनुभयो । प्रतियोगिता आगामी फागुनको ४ गतेदेखि सञ्चालन हुनेछ ।

प्रतियोगितामा नेपाल प्रहरी क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल, आयोजक क्लब र पाँच विकास क्षेत्रको टोलीको सहभागिता रहने छ । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीले रु एक लाख ५० हजार, दोस्रो हुनेले रु एक लाख तथा तेस्रो र चौथो हुनेले क्रमशः रु ५० हजार र २५ हजार प्राप्त गर्नेछन् ।

प्रतियोगिता सञ्चालनका लागि सात सदस्यीय कार्यालय टोली, १९ उपसमिति र ६१ सदस्यीय सचिवालयसहित ५०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको जनाइएको छ ।