काठमाडौँ, १३ माघ । मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीको निकट अखिल क्रान्तिकारीका उपत्यका संयोजक हरिश भट्ट विप्लव नेतृत्वको नेकपा माओवादीमा प्रवेश गरेका छन् ।
पोखरा विश्वविद्यालय अन्तरगत उपत्यका संयोजक भट्टको नेतृत्वमा दुई दर्जन नेता तथा कार्यकर्ता मंगलबार विप्लव माओवादीमा प्रवेश गरेका हुन ।
नेकपा–माओवादी चरम व्यक्तिवादी सोचको दलदलमा फसेको छ, वैचारिक अर्कमण्यता र वर्गीय चिन्तनमा सून्यता आएकोले आफू नयाँ पार्टीमा प्रवेश गरेको उनीद्वारा जारी विज्ञाप्तीमा भनिएको छ ।
आफू क्रान्तिकारी आन्दोलन विगठनको साक्षीको रुपमा वैद्य माओवादीमा बस्न नसकेर विप्लव माओवादीमा प्रवेश गरेको भट्टले विज्ञाप्तीमा उल्लेख गरेका छन् ।















प्रतिक्रिया