२ कार्तिक २०८३, सोमबार

बैतडीमा जंगली बदेलको आतंक, कृषक हैरान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pig-bangurनरी बडु
१३ माघ, बैतडी । जंगली बदेलले आतंक मच्चाउदा बैतडीका किसानहरु चिन्तीत बनेका छन् । मेहेनत गरेर उब्जाएको गहुँ बाली जंगली बदेलले खन्न थालेपछि किसानहरु चिन्तीत भएका छन् ।

बैतडीको दुर्गास्थान, संकरपुर, सलेना, कैलपाल लगायतका गाविसमा जंगलि बदेलले गहुँबाली खन्न थालेपछि आफुहरुलाई समस्या भएको बैतडीको संकरपुरका किसान चुडामनि अवस्थीले बताए ।

अवस्थीका अनुसार राति करीब दर्जन भन्दा बढीको संख्यामा आउने बदेलले खेतबारीमा लगाएको गहुँ, तरकारी र अन्य हिउदे बालि उखेन्न थालेपछि करीब ६० रोपनि क्षेत्रफलमा लगाएको गहुँबाली नष्ट भएको छ ।

दुर्गास्थानमा पनि जंगली बदेलले आर्तक मच्चाउदा पुरै खेतनै खनेको जस्तो देखिएको स्थानिय किसान नारायणदत्त बडुले बताए ।

बडुका अनुसार रातिमा करीब १० भन्दा बढीको संख्यामा आउने बदेलहरु लखेट्नपनि समस्या हुने भएकाले पुरै खेतबारीहरुनै सखापहुने समस्या भएको छ ।

दुर्गास्थान गाविसमा रहेका वडा नं ४, ५, ७ र ९ मा बदेलले अतंक मच्चाएको उनले बताए ।

सुख्खा ठाँउमा रहेका खेतमा त्यति नोक्सान नगरेपनि ओसिलो ठाँउमा रहेका खेतहरुको गहुँबाली पुरै नोक्सान गरेको किसानहरुले बताएका छन् ।