२ कार्तिक २०८३, सोमबार

पु्ल नहुदा ५ जनाको कसरी मृत्यु भयो ? हेर्नुस !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Doda-river-kanchanpur

महेन्द्रनगर, १३ माघ । पुल नभएर मान्छेको मृत्यु भएको खबर सायदै होला । तर कञ्चनपुरको दोदा नदीमा पुल नहुदा ५ जनाले अकालमै ज्यान गुमाएका छन् । जिल्लाका अधिकांश भागलाई दोदा नदीले बाढीको चपेटामा पारी विभिन्न समयमा ५ जनाको ज्यान लिएको हो ।

बेलौरी नगरपालिका–७ भकुण्डाका प्रकाश रानाले दोदा नदीको बाढी तथा पुल अभावले ५ जनाले अकालमै ज्यान गुमाएको बताए । ‘वेथा लाग्दा महिलालाई अस्पताल पुर्याउन सकेनौं,’ उनले भने, ‘जसका कारण ३ महिलाको वाटोमै सास फेर्न छोडे ।’

उनका अनुसार वाढीबाट २ वालिकाले ज्यान गुमाए । विद्यालयबाट घर फर्केका वेला कच्ची पुलबाट खसेर पनि एक वालकले ज्यान गुमाएको उनले बताए । मृतकका परिवारले क्षतिपूर्ति भने पाएका छैनन् ।

बेलौरी–बाइसेविचुवा जोड्ने सडकखण्डअन्तर्गत दोदा नदीमा पक्की पुल नहुँदा उक्त क्षेत्रका स्थानीयवासीलाई आवतजावतमा समेत समस्या परेको हो । बेलौरी बजारदेखि उत्तरी क्षेत्र पाँच किलोमिटर टाढा रहेको उक्त नदीमा पक्की पुल नभएका कारण सो क्षेत्रका विद्यार्थीसमेत मर्कामा परेका छन् ।

शङ्करपुर, बाइसेविचुवाबाट बेलौरीका विद्यालय तथा क्याम्पस पढ्न आउने विद्यार्थीसमेत मर्कामा परेका छन् । नदीकै कारण उनीहरुले बीचमै विद्यालय छोड्नु परेको बाध्यता पनि छ । बाइसेविचुवाबाट महाकाली बहुमुखी क्याम्पस बेलौरीमा अध्ययनरत करन रानाले नदीमा पुलै नभएका कारण पढाइमा समेत प्रभाव परेको बताए । उनले भने–“बर्षातका बेला नदी तर्न सकिँदैन, हिउँदमा मात्रै क्याम्पस आउने गरेको छुँ ।”

बर्सातका समयमा नदीको सतह बढ्दै गएपछि आवतजावतसमेत ठप्प हुने गरेको स्थानीयवासीको भनाइ छ ।
उक्त दुई गाविसका स्थानीयवासीलाई बेलौरी बजारलगायत भारतीय खजुरिया बजारमा दैनिक उपभोग्य कृषि सामान खरिदका लागिसमेत आउने गर्दछन् । तर पुल नभएका कारण सो क्षेत्रका स्थानीयवासी समस्यामा परेका छन् । गाउँमा बिरामी पर्दा उपचारका लागिसमेत निकै समस्या पर्ने गरेको शङ्करपुरका स्थानीयवासी पदम रानाको भनाइ छ । “घरमा बिरामी भएपछि मर्नुको विकल्प छैन”–उनले भने ।

उक्त क्षेत्रका स्थानीयवासीले भकुण्डामा पक्की पुल निर्माण गर्नसमेत माग गरेका छन् । बजेट नभएका कारण उक्त स्थानमा पक्की पुल निर्माण गर्न नसकिएको बेलौरी नगरपालिकाका कार्यकारी अधिकृत महेशबहादुर बमले बताउनुभयो ।