२ कार्तिक २०८३, सोमबार

यस्तो छ एमाओवादी गठबन्धनको चरणबद्ध आन्दोलन कार्यक्रम

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

30-party Federal Democratic Alliance Meeting

काठमाडौँ, १३ माघ । एकीकृत नेकपा (माओवादी) नेतृत्वको ३० दलीय गठबन्धनले सहमतिको प्रक्रियाबाट सत्तारुढ दल बाहिर गएको आरोप लगाउँदै सडक सङ्घर्षको घोषणा गरेको छ ।

संविधानसभाभित्र रहेका १९ दल र बाहिरका ११ दलको संयुक्त बैठकले चरणबद्ध सङ्घर्षका कार्यक्रम घोषणा गरेको हो ।

गठबन्धनले भण्डाफोर तथा खबरदारी अभियान चलाउने तथा जिल्लास्तरीय धर्ना, घेराउ, जनप्रदर्शन र सभा गर्ने निर्णय गरेको छ ।

मोर्चाका घटक नेपाल सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सत्तारुढ दलले विपक्षीलाई बेवास्ता गरी पेलेर प्रक्रिया अघि बढेकाले ३० दलीय गठबन्धन बाध्य भएर सङ्घर्षमा जानुपरेको बताउनुभयो ।

Maobadi-Morcha-Aandolan