२ कार्तिक २०८३, सोमबार

काँग्रेस लमजुङका नेता गुरुङको निधन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ माघ । नेपाली काँग्रेस लमजुङका नेता एवम् समाजसेवी तेजबहादुर गुरुङको ५१ वर्षको उमेरमा निधन भएको छ ।

उच्च रक्तचापबाट पीडित गुरुङको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रियापछि सोमबार निधन भएको हो । उहाँँको पार्थिव शरीरको स्वयम्भूमा गुरुङ परम्पराअनुसार अन्तिम संस्कार गरियो । उहाँको पार्थिव शरीरमा नेका क्षेत्र नं १ का सभापति विष्णुप्रसाद धितालले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।

भलायखर्क–७ का गुरुङका श्रीमती, तीन छोरी र एक छोरा छन् ।