रौतहट, १२ माघ । लालबकैया नदीमा डुबेर सोमबार साँझ दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अकोलवा गाविस– २ निवासी शेष ममताजका १७ वर्षीय छोरा इजाबुब र राजपुर फरहदवा गाविस–४ निवासी खुरसैद आलमका १४ वर्षीय छोरा मम्हदइम्तयाज रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कोअपरेटिभ बोर्डिङ स्कुल गौरका छात्रछात्राले आइतबार पूजा गरेको सरस्वतीको मूर्तिलाई सोमबार विसर्जन गर्न गएको अवस्थामा साँझ ५ बजे तिनको डुबेर मृत्यु भएको हो । विसर्जनकै क्रममा हरेराम पटेल घाइते हुनुभएको छ । रासस















प्रतिक्रिया