२ कार्तिक २०८३, सोमबार

एमाओवादीको चरित्र ‘तँ कुटे जस्तो गर, म रोए जस्तो गर्छुः विप्लव माओवादी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

संविधानसभा त्यागे एमाओवादीसंग सहकार्य हुन्छ

Netra-Bikram-Chand_20111229083053

काठमाडौँ, १२ माघ । नेत्रविक्रम चन्दले एमाओवादीले संविधानसभा त्यागे सहकार्य हुने बताएको छ ।

संविधानसभा मार्फत संसदवादी अधिनायकत्व लादेको भन्दै एमाओवादी लगायतका वामपन्थी राजनीतिक शक्तिलाई राजीनामा गरी जनताको बीचमा आउन पनि आग्रह गरेको छ ।

सोमबार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी सो आग्रह गरेको हो । पत्रकार सम्मेलनमा वाचन गरिएको पार्टीका महासचिव विप्वलले हस्ताक्षर गरेको प्रेस विज्ञाप्तीमा ‘प्रतिकृयावादी संसदभित्र सम्भावनाको खोजी गर्ने बाहना गर्नु एमाओवादी लगायतका कतिपय संसदावादी (वामपन्थी शक्ति) लागि मृगमरिचीका बाहेक अरु केही हुन सक्दैन’ अगाडी भनिएको छ, ‘संसदवादको भ्रममा नपरी प्रतिकृवादी संसदबाट राजीनामा गरी जनताको पक्षमा सङ्घर्षमा उत्रन पुन आग्रह गर्दछौँ ।’

एमाओवादी लागयतका विपक्षीको विरोधकाबीच सत्तापक्षले संविधान निर्माणको प्रक्रिया शुरु गर्नु विगतको सम्झौता र सहमतिको उलंघन गर्नु हो भन्ने विप्लव माओवादीको ठहर छ । सत्तापक्षले सहमति र सहकार्यको सम्पूर्ण सम्भावनालाई निषेद गरेको उसले बताएको छ । उसले माघ ११ गतेको घटनालाई एमाओवादीले गरेको गल्तीको परिणम भएको बताएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले एमाओवादीले भन्दै गरेको सहमति र सहकार्यको अन्त्य भएको बताए । ‘एमाओवादी पार्टीले संविधानसभाभित्र बस्नुको कुनै अर्थ छैन, संविधानसभामा उ औचित्यहिन भइसकेको छ ।
संविधानसभा जनताको संविधानको लागि सडकमा आउनुपर्छ’ भने । ‘तँ कुटे जस्तो गर, म रोए जस्तो गरेको कि साँच्चै एमाओवादी जनताको लागि सडकमा आउँछ अब थाहा हुन्छ’ प्रकाण्डले पत्रकारको प्रश्नको जवाफ दिदै भने ।

कार्यक्रममा बोल्दै प्रवक्ता प्रकाण्डले जनताको संविधान र नयाँ राजनीतिक पहलकदमी लागि एमाओवादी सडकमा आए सहकार्य हुने बताए । तर, उसले संविधानसभा नछोड्दासम्म कुनै सहकार्य नहुँने बताए । उनले काङ्ग्रेस र एमालेले आफूले भन्दै गरेको लोकतन्त्रको खिल्ली उडाएको बताए ।