२९ आश्विन २०८३, बिहिबार

राष्ट्रिय लिगमा लुम्बिनीले नेपाल प्रहरीलाई १ गोलले हरायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

football

काठमाडौँ, १२ माघ । लुम्बिनी फुटबल क्लबले नेपाल प्रहरी क्लबलाई सोमबार पराजित गर्दै राष्ट्रिय लिग फुटबल प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ ।

दशरथ रङ्गशालामा भएको प्रतियोगिता अन्तर्गत तेस्रो खेलमा लुम्बिनीले प्रहरीलाई १–० गोल अन्तरले पराजित गरी प्रतियोगितामा शीर्ष तीन अङ्क जोडेको छ । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा लुम्बिनीका लागि अमिर श्रेष्ठले गोल गरे । उनले खेलको ८५ औँ मिनेटमा गरेको एक गोल नै लुम्बिनीका लागि निर्णायक गोल साबित भयो ।

विभागीय टोली प्रहरी खेलको ८५ औँ मिनेटलाई जोगाउन नसक्दा मोफसलको टोलीसँग पराजय भोग्न बाध्य बन्यो । यसअघि भएको पहिलो खेलमा मनाङ मस्र्याङ्दी क्लबले सुदूरपश्चिमाञ्चल फुटलब क्लबलाई पराजित गरेको तथा दोस्रो खेलमा थ्रिस्टार क्लबले मोरङ फुटबल क्लबलाई पाखा लगाउँदै विजयी भएको थियो । जितसँगै मनाङ र थ्रिस्टारको समान तीन तीन अङ्क छ ।

अखिल नेपाल फुटबल सङ्घले आयोजना गरेको सो प्रतियोगितामा ए डिभिजनका पाँच तथा मोफसलका चार टोली प्रतिस्पर्धामा छन् । प्रतियोगितामा उपाधि जित्ने टोलीले रु एक करोड प्राप्त गर्नेछ ।