२९ आश्विन २०८३, बिहिबार

एलविए कप क्रिकेटमा  लिटिल बुद्ध, आदर्श र जनज्योती सेमीफाईनलमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

प्रतियोगितामा आदर्शका किरनले हाने शतक

Cricket

राजेन्द्र भट्ट
महेन्द्रनगर, १२ माघ । अलराउण्डर किरन ठगन्नाको शतकीय पालीले आदर्श उमावि महेन्द्रनगरमा जारी ‘प्रथम एलबिए ट्वान्टी–२० कप क्रिकेट प्रतियोगिता’ को सेमी फाईनलमा प्रवेश गरेको छ । आदर्शसंगै आयोजक लिटिल बुद्ध एकेडेमी र जनज्योतीले पनि सेमी यात्रा तय गरेका छन् ।

सोमबार स्थानिय कभर्ड हल मैदानमा भएको पहिलो खेलमा होलि फ्याम्ली विरुद्ध टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आदर्शका लागि किरनले प्रतियोगिताकैं पहिलो शतक प्रहार गरे । विद्यालयस्तरीय राष्ट्रिय प्रतियोगिताको अनुभव बटुली सकेका किरनले आक्रामक ब्याटिङ गर्दै ६३ बलमा एक सय २३ रन जोडे । अविजित रहेका उनले आफ्नो शतकीय पालीमा १६ चौका र तीन छक्का प्रहार गरेका थिए । आदर्शका लागि सुशिल चन्दले २६ बलमा १७ रन र बिरेन्द्र ठगुन्नाले आठ बलमा १३ रन प्रहार गर्दै चार विकेटको नोक्सानीमा टीमको योगफल एक सय ८७ रन पु¥याए । यो प्रतियोगिताकैं उच्च स्कोर हो ।

होली फ्याम्लीका लागि नविन भट्टले चार ओभरमा २१ रन खर्चेर दुई विकेट र आकाश भण्डारीले चार ओभरमा ३५ रन दिदैं एक विकेट हात पारे ।

विशाल लक्ष्य पाएको होली फयाम्लीका लागि खेलका म्यान अफ दि म्याच किरन नै बाधक बने । पाँच खेलाडी रन आउटमा गुमाएको होली फ्याम्लीका लागि कसै खेलाडीले पनि दोहोरो अकं जोडन सकेन्न । १४ दशमलव ५ ओभरमा सबै विकेट गुमाएको होली फयाम्लीले ५० रन मात्र जोड्दैं एक सय ३७ रनले पराजय भोग्नु पर्यो ।
विष्फोटक ब्याटिङसंगै कसिलो बलिङ गरेका किरनले चार ओभरमा एक मेडन राख्दै सात रन खर्चेर दुई विकेट हात पारे । आदर्शका लागि सन्तोष भट्ट र शुसिल चन्दले एक/एक विकेट लिएका थिए ।

दिनको दोस्रो खेलमा भुवनेश्वरी उमाविलाई नौ विकेटले पराजित गर्दै जनज्योतीले सेमी फाईनलमा आफ्नो स्थान पक्का गरेको छ । टस जितेर भुवनेश्वरीलाई पहिले ब्याटिङको आमन्त्रण दिएको जनज्योतीले ११ ओभरमा ३९ रनमैं सिमित ग¥यो । जनज्योतिका धिरज बिष्टको घातक बलिङ सामू १२ रन बनाएका लक्ष्मण वैज बाहेकका खेलाडीले दोहोरो अंक जोडन् सकेनन् ।

धिरजले आफ्नो चार ओभरमा एक मेडन राख्दै १२ रन खर्चेर भुवनेश्रीका छ विकेट लिए । प्रतियोगिताको एकैं खेलमा छ विकेट लिने धिरज पहिलो खेलाडी बनेका छन् । त्यस्तै संजय पन्तले तीन ओभरमा आठ रन दिएर दुई विकेट र नरेन्द्र थापाले दुई ओभरमा चार रन दिएर एक विकेट लिए ।
खेलका म्यान अफ दि म्याच धिरजले आक्रामक बलिङसंगै ब्याटिङको प्रदर्शन पनि गरे । उनले ४० रनको सहज लक्ष्य पछ्याउने क्रममा पाँच चौकाको मद्दतले २२ बलमा २७ रनको महत्वपूर्ण पाली खेले ।

माघ १५ गतेसम्म संचालन हुने प्रतियोगिता अन्तरगत मंगलबार महेन्द्रनगर उमावि र मर्निङ ग्लोरीबीच हुने खेलको विजेता सेमी फाईनलमा पुग्ने चौथो टीम हुनेछ । प्रतियोगिताको पहिलो सेमी फाईनल माघ १४ गते जनज्योती र लिटिल बुद्धबीच हुने र दोस्रो सेमी फाईनल खेलमा आदर्शसंग मंगलबारको विजेता टीम भिड्ने अम्पायर बिरेन्द्र शाहीले जानकारी गराए ।

१२ टीम सहभागि लिग कम नक आउट प्रतियोगिताको उपाधि विजेता टीमलाई ५१ हजार रउप विजेता टीमलाई २५ हजार रुपैयाँ पुरस्कार राखिएको संयोजक महेन्द्र बहादुर चन्दले बताए ।