
काठमाडौँ, १२ माघ । “फेरि दाहालजीसँग चलचित्र हेर्न जान्छु । बरु कुनै माया प्रेमबारे चलचित्र भए सुझाव दिनुहोस् जहाँ पहिले प्रेम छुटिएको होस् र पछि मिलन होस् ।”
सत्तापक्ष र विपक्षी दलहरुबीच दूरी बढिरहेका बेला केही समयदेखि समन्वयकारी भूमिका खेलिरहेका नेता नेपालसँग एनेकपा माओवादीका अध्यक्ष प्रचण्डसँग केही दिन अघिसँगै चलचित्र हेरेको भन्ने पत्रकारको जिज्ञासामा एमालेका शीर्ष नेता माधवकुमार नेपालको जबाफ हो यो ।
प्रेस चौतारी नेपालले सोमबार राजधानीमा गरेको कार्यक्रममा नेपालले प्रचण्डसँग अझै वार्ता र संवादको जरुरी रहेको बताउनुभयो ।
संविधान निर्माणका सम्बन्धमा दलहरुबीच बढेको दूरी कम गर्दै समझदारीको वातावरण तयार गर्न आफूहरु तयार रहेको उल्लेख गर्दै उहाँले एनेकपा माओवादीसहितका विपक्षी मोर्चासँग समझदारीका लागि प्रयास जारी रहने बताउनुभयो ।
नेता नेपालले मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले प्रस्तुत गरेको प्रस्ताव सहमतिको महत्वपूर्ण बिन्दु हुनसक्ने जानकारी गराउँदै भन्नुभयो – “उहाँकोे प्रस्ताव निकै राम्रोे थियो । मैले यस्तै प्रस्ताव केही समय अघि पनि गरेको थिएँ ।”















प्रतिक्रिया