काठमाडौं, १२ माघ। नेपाली क्रिकेट खेलाडी प्रदीप ऐरी वैवाहिक बन्धनमा बाँधिएका छन् ।
काठमाडौँ काँडाघारीकी ज्योती खड्कासँग प्रदीपको बिहे भएको हो । प्लस टू पढ्दा भेटिएका उनीहरु सात बर्षसम्मदेखि प्रेम सम्बन्धमा थिए । प्रदीपले महेन्द्रनगरस्थित घरमा ज्योतिलाई भित्र्याएका छन् ।
कम्प्युटर इन्जिनियरिङ अध्ययन गरिरहेकी ज्योति मिस ग्लोबल २०१३ मा टप टेनमा परेकी थिइन् । मिस इ कलेज २०१४ मा उनी उपविजेता बनेकी थिइन् ।














प्रतिक्रिया