
एजेन्सी/नयाँदिल्ली । अमेरिकी राष्ट्रपति बराक ओबाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्टाइल र कुर्ताबाट प्रभावित भएको बताएका छन् । मोदी जस्तै कुर्ता लगाउने चाहेको राष्ट्रपति ओबामाले बताए ।
राष्ट्रपति प्रणब मुखर्जीले ओबामाको सम्मानमा आयोजना गरेको रात्रि भोज कार्यक्रममा ओबामाले मोदीको कुर्ता अमेरिका भ्रमणमै आएका बेला मन परेको बताउनुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यसैले म पनि मोदीको कुर्ता लगाउ की ओबामाको भनाई ।
ओबाले भने, जब एक समय थियो, मोदीका बुवा चिया बेच्थे र उनकी आमा अर्काको घरमा काम गर्थे, तर आज उनका छोरा विश्वकै सबैभन्दा बढी लोकतन्त्र देशका प्रधानमन्त्री भएर हामीलाई स्वागत गरे ।
ओबामाले मोदीलाई भने, हामी हजुरको दोस्ती महसूस गर्न सक्छौ र मलाई यो दोस्तीमा गर्व लाग्छ । उनले मोदी काम गर्ने पक्षमा धेरै अनुशासित व्यक्ती भएको भन्दै प्रशंसा समेत गरे ।













प्रतिक्रिया