२ कार्तिक २०८३, सोमबार

भारतीय गाउँमा सशस्त्र समुहको आतंक, सीमामा उच्च सुरक्षा सतर्कता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kailali_district_20140302110941यमबहादुर बम
धनगढी, १२ माघ । हतियारधारी एक समूहले नेपालसँग सिमाना जोडिएका भारतको लखिमपुरखिरी जिल्लाका विभिन्न गाउँमा आतंक मच्चाएपछि नेपाल प्रहरीले सीमामा उच्च सुरक्षा सतर्कता अपनाएको छ ।

केही समययता कैलालीको दक्षिणपूर्वमा पर्ने भजनी–त्रिशक्ति नगरपालिकासंग सीमा जोडिएका लखिमपुर, सीतापुर, तिकुनिया, बन्दीपुर लगायतका बजार तथा गाउँमा हतियारधारी समूहले शृंखलाबद्ध चोरी, डकैती, लुटपाट गरिरहेको छ ।

भारतीय प्रहरीको मोष्ट वान्टेडम सूचीमा रहेको ‘बग्गा सरदार’ को सशस्त्र समूहले आंतक मच्चाएपछि नेपाल प्रहरीले पनि सीमा क्षेत्रमा कठा सुरक्षा अपनाएको जनाएको छ । सो समुहको एकजना डाकु केही दिनअघि भारतीय प्रहरीसँगको मुठभेडमा मारिएको जनाइएको छ ।

कैलालीको दक्षिणपूर्वी सीमा क्षेत्रमा एक हप्तादेखि २४ घण्टे गस्ती थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव निरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो । ईलाका प्रहरी कार्यालय भजनीका लागि जिल्लाबाट थप प्रहरी समेत पठाइएको उहाँले बताउनुभयो ।

भारतीय सीमा क्षेत्रका गाउँहरुमा आंतक मच्चाउने उक्त समूह भागेर नेपाल आउन सक्ने आशंकामा सीमामा उच्च सुरक्षा सर्तकता अपनाइएको प्रहरी नायव निरीक्षक खड्काले बताउनुभयो ।

नेपालतर्फबाट नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले तथा भारततर्फबाट एसएसबी र जनपथ प्रहरीले दशगजा क्षेत्रमा नियमित गस्ती गर्ने गरेको ईलाका प्रहरी कार्यालय भजनीका ईञ्चार्ज प्रहरी निरीक्षक भरतबहादुर शाहले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरीले पनि दुई समूह बनाएर सीमा क्षेत्रमा गस्ती थालेको सशस्त्र प्रहरी बल विओपी भजनीका इञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक धनबहादुर बोहराले जानकारी दिनुभयो ।