अनिल खत्री
गुल्मी माघ ११ । बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति तथा कार्यान्वयन अबधि २०६८ सम्बन्धी जिल्ला स्तरीय अभिमुखिकरण कार्यक्रम गुल्मीको तम्घासमा सम्पन्न भएको छ ।
शनिवार देखि संचालन भएको तालिम आइतबार सम्पन्न भएको हो । जिल्ला विकास समिति गुल्मीको आयोजनामा सुशासनमा बालमैत्री स्थानीय शासनको स्थापना गर्नको लागि सरोकारवालाहरुलाई उक्त अभिमुखिकरण तालिम प्रदान गरिएको हो ।
कार्यक्रम संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयको टोलीले सहजिकरण गरेको थियो । संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका उप–सचिव सुमन घिमिरे नेतृत्वको टोलीले अभिमुखिकरणमा सहजिकरण गरेको थियो ।
कार्यक्रमको शनिवार प्रमुख जिल्ला अधिकारी चन्द्र प्रसाद गैरेले उद्घाटन गर्नुभएको थियो ।
नेपालमा १ करोड २२ लाख १८ बर्ष मुनिका बालबालिका भएपनि उनीहरुले सुशासन अनुभुति गर्न नपाएकोले नेपालमा अब बालमैत्री सुशासनको अभ्यास हुनुपर्नेमा तालीमले निष्कर्ष निकालेको छ ।
तालिममा जिल्लाका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, गैर सरकारी संस्थाका प्रतिनिधिहरु, पत्रकार, राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।















प्रतिक्रिया