२ कार्तिक २०८३, सोमबार

कार्यसम्पादनबारे १० दिनभित्र विवरण बुझाउन समितिको निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rabindra adhikari
काठमाडौँ, ११ माघ । व्यवस्थापिका–संसद्अन्तर्गतको विकास समितिले हालसम्म दिएका निर्देशनहरुको कार्यान्वयनको विद्यमान अवस्थाका बारेमा यथार्थ विवरण १० दिनभित्र पेस गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएको छ ।

समितिले दिएका निर्देशनहरुको कार्यान्वयनको सिलसिलामा देखिएका समस्या, चुनौती र समाधानका लागि चालिएका कदमका सम्बन्धमा सरोकारवाला निकायसँगको आजको छलफलपछि समितिले त्यस्तो निर्देशन दिएको हो ।

समितिले दिएका निर्देशनहरुको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालय तथा निकायलाई सम्पर्क व्यक्ति तोकी कार्य सम्पादन गर्न र सो व्यक्तिको नाम समितिलाई उपलब्ध गराउन समेत समितिका सभापति रवीन्द्र अधिकारीले निर्देशन दिनुभयो ।

राष्ट्रिय गौरवका प्राथमिकता प्राप्त आयोजनाका सम्बन्धमा भएका कार्य प्रगति एवम् सो आयोजनामा काम गर्न नसकेर छाडेका निर्माण व्यवसायीको विवरणसम्बन्धी विवरण समितिको आगामी समीक्षा बैठकमा प्रस्तुत गर्न पनि समितिले सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

समितिले आफ्नो कार्यक्षेत्रको सम्बन्धमा राय सुझाव लिनका लागि विशेषज्ञहरुको सूची तयार गर्ने र त्यसको नामावली दुई हप्ताभित्र समिति सचिवालयमा उपलब्ध गराउन निर्देशन दिने निर्णय पनि गरेको छ । रासस