२९ आश्विन २०८३, बिहिबार

प्रथम एलबिए ट्वान्टी–२० कप क्रिकेट–महेन्द्रनगर उमावि विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Cricket
महेन्द्रनगर, ११ माघ । ‘प्रथम एलबिए ट्वान्टी–२० कप क्रिकेट प्रतियोगिता अन्तरगत आईतबार महेन्द्रनगरस्थित कभर्ड हल मैदानमा सम्पन्न खेलमा महेन्द्रनगर उमावि विजयी भएको छ ।

आइतबार बिहान भएको एक मात्र खेलमा महेन्द्रनगर उमाविले वैजनाथ नमूना उमाविलाई आठ विकेटले पराजित गरेको हो । वैजनाथले दिएको ७० रनको लक्ष्य महेन्द्रनगर उमाविले दुई खेलाडी गुमाउँदै नौ दशमलव तीन ओभरमै पुरा ग¥यो ।
टस जितेर पहिले ब्याटिङ रोजेको वैजनाथका रमेश भट्ट बाहेकका खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । रमेशले ५७ बलको सामना गर्दै ३४ रनको महत्वपूर्ण पाली खेले । रमेश बाहेकका खेलाडी टिक्न नसक्दा वैजनाथ १९ दशमलव एक ओभरमा सबै विकेट गुमाएर ६९ रनमा सिमित रह्यो । रमेशबाहेकका खेलाडीले व्यक्तिगत दोहोरो अंक जोड्न सकेका थिएनन् ।

वैजनाथका हारमा महेन्द्रनगर उमाविका कृष्ण तिवारी र रोहित चन्द बाधक बने । दुबै जनाले उत्तृmष्ट बलिङ गर्दै पाँच विकेट बाँडे । कृष्णले आफ्नो चार ओभरमा १४ रन खर्चेर तीन विकेट हात पारे । त्यस्तै रोहित चार ओभरमा ११ रन दिएर दुई विकेट लिए ।
सहज लक्ष्य पाएको महेन्द्रनगर उमाविका लागि नरेश बोहराले ३३ बलमा ३२ र यज्ञ ऐरले १५ बलमा २० रनको आक्रामक पाली खेल्दै जित हासिल गरे । वैजनाथका विनोद लुहार र रमेश भट्टले सान्तवना एक÷एक विकेट लिए । महेन्द्रनगर उमाविका कृष्ण तिवारी खेलका ‘म्यान अफ दि म्याच’ घोषित भएको अम्पायर अशोक भट्टले बताए ।

प्रतियोगिता अन्तरगत सोमबार पहिलो खेलमा आदर्श उमावि र होलि फ्याम्ली तथा दोस्रो खेल जनज्योती र भुवनेश्वरी उमाविबीच हुने संयोजक महेन्द्र बहादुर चन्दले बताएका छन् ।

१२ टीम सहभागि लिग कम नक आउट प्रतियोगिताको उपाधि विजेता टीमलाई ५१ हजार रउप विजेता टीमलाई २५ हजार रुपैयाँ पुरस्कार राखिएको आयोजक लिटिल बुद्ध एकेडेमीले जनाएको छ ।