काठमाडौँ, ११ माघ । लगातारको संविधानसभा अवरोधलाई छिचोल्दै संविधानसभाका अध्यक्ष सभामुख सुवासचन्द्र नेम्वाङले प्रश्नावली तयारका लागि प्रस्ताव समिति गठन गरेको घोषणा गरेका छन्।
एमाओवादी लगायतका विपक्षी दलका सभासद्हरुले काँग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठलाई प्रश्नावली समितिको प्रस्ताव पेश गर्न नदिएपछि संविधानसभाका अध्यक्ष नेम्वाङ स्वयमले प्रस्ताव समिति गठन गरेको घोषणा गरेका हुन् ।
एक घण्टा ढिलो सुरु भएको संविधानसभाको आइतबारको बैठकमा माघ ५ गतेको कार्यसूची हटाएर सभाध्यक्ष आफैंले प्रस्ताव समिति गठन गरेका हुन् । तर, एमाओवादीसहित विपक्षी दलका सभासद्हरुको नामावली प्रस्ताव समितिमा छैन । ७३ सदस्यीय समितिमा ४९ जनाको मात्रै नाम छ । बाँकी नाम एमाओवादी लगायतका दलहरुसँग मागिने छ । यसअघि कांग्रेसका प्रमुख सचेत श्रेष्ठले प्रस्ताव पेश गर्ने र एमालेका सभासद अग्नी खरेलले सर्मथन गर्ने कार्यसूची थियो।
एमाओवादी लगायतका विपक्षी मोर्चाले भने आइतबार पनि बैठक सुरु हुन नपाउँदै विरोध गरेको छ।
अहिले संविधानसभा भवन र वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
















प्रतिक्रिया