९ कार्तिक २०८३, सोमबार

प्रचण्ड र बाबुरामलाई बोलाएर राष्ट्रपतिले के भने ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rambaran-prachanda

काठमाडौँ, ११ माघ । राष्ट्रपति डा रामवरण यादवले एकीकृत नेकपा माओवादीको शीर्ष नेतृत्वबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटवार्तामा संविधान निर्माण प्रक्रिया, दलहरुबीच देखिएको विवाद तथा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल भएको थियो ।

राष्ट्रपति डा यादवले एमाओवादी नेतृत्वलाई सहमतिमा नै अगाडि बढ्न आग्रह गर्नुभएको एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका प्रमुख स्वकीय सचिव चुडामणि खड्काले जानकारी दिनुभयो ।

राष्ट्रपति डा यादवले शान्ति सम्झौताका हस्ताक्षरकर्ताहरु मिलेर अगाडि जानुको विकल्प नभएको भन्दै विवाद बढाएर होइन घटाएर अगाडि बढ्न आग्रह गर्नुभएको थियो ।

एमाओवादी नेतृत्वले भने सत्ताधारी दलका कारण संविधान निर्माण प्रक्रिया जटिल मोडमा पुगेको र प्रतिपक्षी दललाई पेलेर जान खोजेको भन्दै आफूहरुले प्रतिवाद गरेको राष्ट्रपति डा यादवलाई जानकारी गराएको थियो ।

सहमति र सहकार्यका आधारमा अगाडि बढ्न आफूहरु तत्पर रहेको भन्दै एमाओवादी नेतृत्वले त्यसका लागि सत्ताधारी दल नै तयार नभएको बताएको थियो । राष्ट्रपति डा यादवलाई भेट्न एमाओवादी अध्यक्ष दाहाल तथा वरिष्ठ नेता डा बाबुराम भट्टराई शीतल निवास पुग्नुभएको थियो ।

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले दलहरुबीच सहमति जुट्न नसकेको र निरन्तर संविधानसभाको बैठक अवरुद्ध हुँदै गएको भन्दै प्रश्नावली समिति गठनसम्बन्धी प्रस्ताव पेस गर्ने तयारी गर्नुभएको छ ।