११ माघ, काठमाडौं। सामान्य विवादमा विपक्षी खेलाडीलाई मैदानमै कुट्दा फुटबलका विश्व स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले रातो कार्ड पाएका छन् ।
विपक्षी खेलाडीलाई रोजनाल्डोले लात्ति र मुड्की हानेका थिए । बालोन डि’ओ विजेता रोनाल्डोले
स्पेनिस ला लिगा अन्तरगत शनिबार रातिको खेलमा कोर्डोबाका जोसे इन्जेल क्रेस्पोलाई कुटेका थिए ।
लगतै रेफ्रीले रोनाल्डोलाई रातो कार्ड दिएका थिए । रोनाल्डोको करियरमा यो नवौं रातो कार्ड हो । यद्यपि खेलपछि उनले घटनाका लागि माफी मागेका छन् ।
खेल १–१ गोलको बराबरीमा रहेको अवस्थामा रोनाल्डो निकै निराश थिए । गोल गर्ने प्रयासमा रहेका उनले कोर्डोबाका खेलाडी फ्रागाको तिघ्रामा किक हाने । आफ्नो पोष्ट नजिक फ्रागो लडेपछि रोनाल्डो आक्रोसित भए ।
फ्रागालाई फल गरेको भन्दै विरोध गर्न आएका जोसे इन्जेल क्रेस्पोले पछाडिबाट रोनाल्डोलाई हल्का धेकेले । त्यही झोकमा रोनाल्डोले उनको अनुहारमा मुठ्कीले हिर्काएका थिए । रातो कार्डले उनीमाथि प्रतिवन्ध लाग्न सक्छ ।
यद्यपि खेलको ८९ औं मिनेटमा ग्यारेथ बेलले गरेको पेनाल्टी गोलको मदतमा रियल २–१ ले विजयी भएको छ । खेलमा वार्सिलोना र रियल मड्रिड अग्र स्थानमा छन् ।













प्रतिक्रिया