८ कार्तिक २०८३, आइतबार

आइतबारबाट संविधानविरोधीहरु तह लाग्छन् : महासचिव पोखरेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ishwar-Pokhrel

रामसुन्दर आचार्य 

काभ्रे, १० माघ । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले संविधानसभाले आइतबारबाट निष्कर्ष दिने बताउनुभएको छ ।
काभ्रेको दोलालघाटमा शनिबार युवा संघको क्षेत्रिय अधिवेशनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले आइतबारबाट संविधान विरोधी तत्वहरुलाई संविधानसभाले तह लगाउने दाबी गर्नुभर्या । एमाले एमाओवादीका अन्य विषयमा सहमति गर्न तयार रहेपनि देशलाई जातिय रुपमा प्लटिङ गर्ने विषयमा कुनै पनि सहमति हुन नसक्ने उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराईलाई निरङकुश र फसिष्ट संज्ञा दिनुभयो । लोकतान्त्रिक पद्दतिबाट वा सहमतिबाट संविधान दिने काममा अवरोध गरेकाले उनीहरु निरङकुश र फसिष्ट भएको पोखरेलको छ । महासचिव पोखरेलले एमाओवादीको चरित्रले कम्नियुष्ट आन्दोलनमा समेत धोका भएको बताउनुभयो ।

एमालेकै अर्का नेता प्रदिप नेपालले एमाओवादीले देशलाई युद्ध तर्फ लगेर संविधान नबनाउने कसम खाएको आरोप लगाउनुभयो ।