काठमाडौँ, १० माघ । राप्रपाका नेता सूर्यबहादुर थापा शनिबार एकाबिहानै एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको लाजिम्पाटस्थित निवासमा पुगे ।
प्रचण्डलाई भेट्न पुगेका थापाले माघ ८ मा संविधान आउन नसकेपछिको अवस्था र संविधानसभामा एमाओवादी लगायतका विपक्षी दलबाट जारी अवरोधका विषयमा छलफल गरेका थिए । अध्यक्ष प्रचण्डले समन्वयकारी भूमिका खेलिदिन संविधानसभाका जेष्ठ सदस्यसमेत रहेका थापालाई आग्रह गरेका थिए ।
विगतको सहमति र सम्झौताविपरीत सत्तापक्ष चल्न खोजेको प्रचण्डको जिकिर थियो । जबाफमा थापाले वार्तामा आई छलफलबाट निष्कर्षमा पुग्न प्रचण्डलाई आग्रह गरेका थिए ।
















प्रतिक्रिया