८ कार्तिक २०८३, आइतबार

संविधान जारी गर्न नसकेको भन्दै शीर्ष नेताहरुको किरिया

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु, १० माघ । शीर्ष नेताहरुले माघ ८ मा संविधान जारी गर्न नसकेपछि त्यसको विरोध गर्दै कपिलवस्तुमा एकजना वृद्ध नागरिक शीर्ष नेताहरुको किरियामा बसेका छन् ।

जिल्लाको वाणगङ्गा नगरपालिका–८ भक्तौलीका ६१ वर्षीय कृष्णदेव पोख्रेलले जनतासँग गरेको बाचाअनुसार राजनीतिक दलका नेताहरुले समयमै संविधान घोषणा गर्न नसकेको भन्दै हिन्दू वैदिक परम्पराअनुसार शुक्रबार रातिदेखि किरियामा बसेका हुन् ।

हामीले भोट दिएर नेताहरुलाई संविधानसभामा संविधान बनाउन पठाएका हौँ, “पोख्रेलले भने, हाम्रो लागि यी सबै दलका शीर्ष नेताहरुको मृत्यु भए समान छ । त्यसकारण किरिया गरेको हो ।” रासस