८ कार्तिक २०८३, आइतबार

सहिदहरुको सम्झनामा सहिद सप्ताह सुरु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sahid

काठमाडौं, १० माघ । मुलुकमा भएका राजनीतिक आन्दोलनका क्रममा आफ्नो जीवनको बलिदान गरेका सहिदहरुको सम्झनामा सहिद सप्ताह सुरु भएको छ । सहिदहरुको सम्झनामा प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म सात दिन सहिद सप्ताह मनाउने गरिन्छ । सोही कार्यक्रम अनुसार शुक्रवारवाट सहिद सप्ताह सुरु भएको हो ।

माघ १० अर्थात आजकै दिन शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको स्थान टेकुको पचलीमा विशेष कार्यक्रम गरी श्रद्धाञ्जली दिइने कार्यक्रम रहेको छ । तत्कालीन जहानिया राणा शासकले विक्रम सवतं १९९७ माघ १० गते शुक्रराज शास्त्रीलाई टेकु पचलीस्थित रुखमा झुन्डाएर मृत्युदण्ड दिएको थियो ।

यस्तै माघ १३ गते सिफलमा धर्मभक्त माथेमा तथा माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिइएको थियो । माघ १६ गते ज्ञात तथा अज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्नका लागि लैनचौरस्थित सहिद स्मारकमा विशेष कार्यक्रम गरिने छ ।