काठमाडौँ, ९ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाओवादीका नेता डा बाबुराम भट्टराईलाई संविधानसभा अन्तर्गतको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको सभापति बनाउनु भुुल भएको बताउनुभएको छ ।
नयाँ बानेश्वरमा सत्तारूढ दलको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उहाँले भट्टराईलाई संवाद समितिको सभापति दिइएका कारण माघ ८ मा संविधान आउन नसकेको आरोप लगाउनुभयो ।
संविधानसभालाई विफल बनाउने सपना नदेख्न सबैलाई आग्रह गर्दै उहाँले कुनै पनि हालतमा संविधानसभाबाटै संविधान आएर छाड्छौँ भन्नुभयो । “एमाओवादीको अलोकतान्त्रिक र संविधान विरोधी क्रियाकलाप लामो समयसम्म टिक्दैन”–उहाँले भन्नुभयो ।
काँग्रेस उपसभापति रामचन्द्र पौडेलले संविधानसभाबाटै संविधान जारी गर्न कसैले रोक्न नसक्ने बताउनुभयो । काँग्रेस र एमालकोे वा बहुमतको चाहनालाई अल्पमतको बन्दी बनाउने प्रयास गरिएको भन्दै उहाँले आगामी आइतबारदेखि संविधानसभा पुनः सञ्चालन हुने जिकिर गर्नुभयो ।
















प्रतिक्रिया