८ कार्तिक २०८३, आइतबार

संविधानसभामा बैठक स्थगित, काँग्रेस प्रमुख सचेतक केहीबेर विपक्षीको कब्जामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

CA-Meeting

काठमाडौं, ९ माघ । विपक्षी दलहरुले नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठलाई कब्जामा लिँदै नाराबाजी गरेपछि संविधानसभाको शुक्रबारको बैठक पनि स्थगित भएको छ ।

एमाओवादी लगायतका विपक्षी दलका सभासद्ले नाराबाजी गर्दै प्रक्रिया अगाडि बढ्न नदिएपछि सभाध्यक्ष सुवास नेम्वाङले आइतबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गर्नुभएको हो । सभाध्यक्षले बैठकको कार्यवाही प्रारम्भ भएको जनाउ गर्नासाथ रोस्टम घेराउ गर्न पुगेका विपक्षी दलका सभासदहरुले काँग्रेस प्रमुख सचेतक श्रेष्ठलाई केहीबेर कब्जामा समेत लिए । एमाओवादी सभासद उमेश यादव र खुम्बुवान पार्टीका सभासद रामकुमार खुम्बुले बैठक प्रारम्भ हुनेवित्तिकै श्रेष्ठलाई समातेका थिए । सभाध्यक्षले नियमविपरीत हुने भन्दै अर्को सभासदलाई नसमात्न चेतावनी दिएपछि श्रेष्ठलाई छाडेका थिए । सत्तारुढ दलका सभासद्हरुले समेत श्रेष्ठलाई नसमात्न भन्दै होहल्ला गरेका थिए । विपक्षी दलका सभासदको अवरोध पछि श्रेष्ठ संविधानका विवादित विषयमा प्रश्नावली बनाउन प्रस्ताव समिति गठनको प्रस्ताव पेश गर्न रोष्टमतिर नगई फर्कन बाध्य भए ।

दिउँसो १ बजे बोलाइएको संविधानसभाको बैठक अपरान्ह सवा ४ बजे मात्र सुरु भएको थियो ।
यो पनि पढ्नुहोस्
कठोर बन्ने संकेत गर्दै नेम्वाङले भने, ‘अर्को बैठकमा निष्कर्ष निस्कन्छ’