काठमाडौँ, ९ माघ । नामिबियामा जारी आइसिसी विश्व लिग क्रिकेट डिभिजन दुईअन्तर्गतको समूह चरणको अन्तिम खेलमा अहिले नेपाल र केन्या मैदानमा उत्रेका छन् ।
नामिबियाको राजधानी विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लबको मैदान अहिले नेपाल टस हारेर व्याटिङमा उत्रेको छ । नेपालले आज केन्यालाई पराजित गरेमा नेपाली क्रिकेट इतिहासमा नयाँ कीर्तिमान कायम गर्ने सुनौलो अवसर प्राप्त गर्नेछ ।
त्यस्तै नेपालले जितसँगै विश्व क्रिकेट च्याम्पियनसिप र अन्तर महादेशीय कपमा सहभागिता जनाउने सुनौलो अवसरसमेत प्राप्त गर्नेछ । यसअघि चार खेल खेलेको नेपालले तीन खेलमा जित तथा एक खेलमा हार भोगेको छ । रासस














प्रतिक्रिया