८ कार्तिक २०८३, आइतबार

संविधानसभाको बैठक आज पनि, नेम्वाङ पेलेर जाने मनस्थितिमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Subash-Nemwang

काठमाडौँ, ९ माघ । संविधानसभाको बैठक आज पनि बस्दैछ ।आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।

सहमति कि प्रक्रिया भन्ने विवादमा फसेको संविधानसभाका पछिल्ला चार दिनका बैठक एनेकपा माओवादी र मधेसकेन्द्रित दलका सभासद्को नाराबाजीका कारण कार्यसूचीमा नै प्रवेश नगरी अन्त्य भएपछि संविधानसभा अध्यक्ष सुवास नेम्वाङ पेलेरै जाने मनिस्थतिमा हुनुहुन्छ । संविधानसभामा प्रक्रिया सुरु भइसकेको भन्दै उहाँले संविधानसभामा अवरोध नगर्न विपक्षी दलहरुको ध्यानाकर्षण गर्नुभएको छ ।

संविधानसभामा अवरोध गर्ने संस्कृति कायम भएमा संविधानसभाले नयाँ संविधान दिन नसक्ने भन्दै उहाँले संविधानसभाको अवरोध जनादेशको विपरीत भएको प्रष्ट पारिसक्नुभएको छ ।

दोस्रो संविधानसभाको पहिलो बैठक बसेको माघ ८ गते एक वर्ष पूरा हुँदा पनि मुलुकले नयाँ संविधान त के त्यसको मस्यौदा पनि पाउन सकेको छैन । संविधान जारी हुनुपर्ने मध्यरातसम्म संविधानसभाको तनावपूर्ण बैठक जारी रहे पनि अबको कति समयपछि देशले जनचाहनानुसारको संविधान पाउनेछ भन्नेमा प्रमुख दलका शीर्ष नेताले जनतालाई विश्वस्त पार्ने सन्देश दिन सकेनन् ।