२ कार्तिक २०८३, सोमबार

संविधानसभाबाट निस्कँदै ओलीले भने, ‘देशले अझै दुःख पाउने भयो’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oli Speaks to Media after CA Meeting

काठमाडौँ, ८ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाओवादीका कारण देशले अझै दुःख पाउने टिप्पणी गर्नुभएको छ ।

संविधानसभाबाट बाहिरिने क्रममा बिहीबार संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘यो देशले अझै दुःख पाउने भयो, एमाओवादी जस्तो पार्टी भएपछि देशले दुःख पाउने नै भयो ।

वार्ताका लागि किन पहल गर्नुहुन्न भन्ने संचारकर्मीहरुको जिज्ञासामा अध्यक्ष ओलीले एमाओवादीलाई वार्ताका लागि फुर्सदै नभएको बताउनुभयो । ‘उहाँहरुलाई फुर्सदै छैन, आज संविधानसभामा नारा लगाउँदै हुनुहुन्थ्यो, हिजो सडकमा नारा लगाउँदै हुनुहुन्थ्यो ।’- ओलीले भन्नुभयो ।

यसैगरी, काँग्रेस सभासद् एवं नेता प्रदीप गिरीले ओलीको भनाइमा समर्थन गर्नुभयो । उहाँले संविधानसभाको चीर हरण भइरहेको बताउनुभयो ।