भीमदत्तनगर, ७ माघ । अछामका एक युवकको भारतमा करेन्ट लागेर आज मृत्यु भएको छ ।
कामको सिलसिलामा भारत पुगेका अछाम हिम्चा गाविस–५ का २२ वर्षीय बिरु नेपालीको करेन्ट लागेर मृत्यु भएको हो ।
भारतको हैदरावादमा काम गर्दै आएका नेपालीको पानी तान्ने मोटर चलाउँदा करेन्ट लागेर मृत्यु भएको मृतकका आफन्तले जानकारी दिनुभयो । रासस















प्रतिक्रिया