२ कार्तिक २०८३, सोमबार

बम भएको आशंकामा इटहरीमा एक घन्टा तनाव

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटहरी, ८ माघ । इटहरीको मुख्य चोकमा बम भएको आशंकामा स्थानीय जनता त्रसित बने ।

आज बिहान १० बजेतिर मुख्य चोकमा पछाडि बोक्ने पुरुषको झोला बेवारिसे अवस्थामा फेला परेपछि चोकको सुरक्षामा तैनाथ सुरक्षाकर्मीले बम हुन सक्ने आशंकामा सडकमा हिँड्ने जो कोहीलाई त्यसका आसपासमा हिँड्न रोक लगाएका थिए ।

सशस्त्र र जनपथ प्रहरीले शङ्कास्पद अवस्था सडकमा छाडिएको झोलाको अनुसन्धान गरिरहेका बेला इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक विनोद शर्मा सो स्थानमा आइपुगे । त्यस लगत्तै मानसिक रोगी जस्ता देखिने एक पुरुष आएर ‘त्यो झोला मेरो हो’ भनेर लिएर हिँडेपछि चोकमा फैलिएको त्रासको अन्त्य भएको थियो ।