काठमाडौं, ८ माघ । संविधानसभाको आजको बैठकमा पनि विपक्षी दलले अवरोध गरेका छन् ।
वैठक सुरु हुनासाथ एमाओवादी लगायतका विपक्षी दलले रोष्ट्रम अगाडि उभिएर चर्का नाराबाजी गरेका छन् । बैठक बिहान ११ बजेका लागि बोलाइए पनि झण्डै दुइघण्टा ढिलो सुरु भएको थियो ।
सोमबार मध्यराति तोडफोडमा उत्रिएका विपक्षी दलले त्यसयता लगातार संविधानसभा बैठक अवरुद्ध गर्दै आएका छन् ।















प्रतिक्रिया