काठमाडौँ, ८ माघ । प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादीले आज बस्ने संविधानसभा बैठकमा सत्ता पक्षको प्रस्तावको कडा प्रतिवाद गर्ने निर्णय गरेको छ ।
एमाओवादीको संसदीय दलको बैठकले संविधान निर्माणका लागि प्रस्ताव अघि बढाए कडा प्रतिवाद गर्ने निष्कर्ष निकालेको हो । संविधानसभाको बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा एमाओवादीले बिहानै बैठक बोलाएको थियो ।
सत्ता पक्षले प्रस्तावलाई अगाडि बढाउन बल मिच्याईं गरे कडा प्रतिवाद गर्ने समझदारी भएको नेता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । यद्यपि सत्तारुढ दलहरुले वार्ताका लागि बोलाए आफूहरु तयार रहेको नेता सापकोटाले बताउनुभयो ।
















प्रतिक्रिया