काठमाडौं ८ माघ । नेपाली जनतालाई नयाँ संविधान दिने दलहरुको संकल्प पूरा नहुने भएको छ ।
एक बर्षअघि दलहरुले माघ ८ गते संविधान जारी गर्ने संकल्प गरेका थिए । तर, पनि संविधान निर्माणबारे थप अन्योल उत्पन्न भएको छ । संविधान जारी हुने भनेर पूर्वनिर्धारित बिहीबार ११ बजेका लागि डाकिएको संविधानसभा बैठकमा संविधान जारी होइन्, रोस्टम घेराउ र नाराबाजी हुने सम्भावना छ ।
संविधानका विषयमा काँग्रेस र एमाले आफ्नै अड्डीमा छन् भने एमाओवादी र मधेशी मोर्चा सडक र सदन तताइरहेको छ । तत्काल दलहरुबीच सहमतिको सम्भावना पनि देखिएको छैन ।
सत्तापक्ष प्रक्रियालाई अघि बढाउने तयारीमा रहेपनि एमाओवादी र मधेशी मोर्चाका कारण प्रक्रिया अगाडि बढ्न सकेको छैन । संविधान जारी गर्नका लागि आवश्यक दुई तिहाई मत यसअघि नै सभासद्हरुले संविधानसभा अध्यक्षलाई बुझाइसकेका छन् । तर डेढ सयभन्दा बढी सभासद्लाई मार्सल लगाएर संविधान बनाउने पक्षमा संविधानसभा अध्यक्ष सुवास नेम्बाङ छैनन् । एमाओवादी पनि कुनै पनि हालतमा बहुमतीय प्रक्रियाबाट संविधान बन्न नदिने रणनीतिमा छ ।
















प्रतिक्रिया