काठमाडौं, ८ माघ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले एक महिनाको सेरोफेरोभित्र संविधान आउने बताउनुभएको छ ।
संचारकर्मीहरुसँग कुरा गर्दै नेता खनालले माघ ८ मा संविधान ल्याउन नदिन अवरोध खडा भएकाले निर्धारित मितिमा पूर्णरुपले संविधान ल्याउने अवस्था नरहेको उल्लेख गर्नु भयो । नेता खनालले तर यही सेरोफेरोबाट प्रक्रियाको थालनी भएकाले महिनादिनभित्र संविधान आउने दृढता व्यक्त गर्नुभयो ।
उहाँले संविधान निर्माणको प्रक्रियामा केही पार्टीले अवरोध खडा गरिरहनुभएको छ भन्दै यो लोकतान्त्रिक मूल्यमान्यता, नेपाली जनताको आकांक्षा र राष्ट्रको आवश्यकताविपरीत छ भन्नुभयो ।
“प्रक्रियामा रहेका अवरोध विस्तारै पन्छाउँदै अगाडि बढेर संविधान ल्याउँछौ, माघ ८ भित्रबाटै संविधान निर्माणको प्रक्रिया थालनी हुन्छ,” नेता खनालले भन्नुभयो ।
















प्रतिक्रिया