काठमाडौँ, ७ माघ । नेकपा एमालेका पूर्वसभासद् गोपालसिंह बोहोराको निधनमा शोक प्रस्ताव पारित गर्दै संविधानसभाको बुधबारको बैठक स्थगित भएको छ ।
शोक प्रस्ताव पारित गरेपछि अन्य कार्यसूचीमा प्रवेश नगर्ने संविधानसभा नियमावलीको प्रावधान अनुसार बैठक बिहीबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको हो । संविधानसभाका सदस्यहरुले बोहोराको निधनको शोकमा एक मिनेट मौनधारण गरे ।
पूर्वसभासद् बोहराको ६८ वर्षको उमेरमा मंगलबार निधन भएकोमा बुधबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । बोहरा लामो समयदेखि मुटुरोग पीडित थिए ।
नेपाली सेनाका पूर्वसहायक रथीसमेत रहेका बोहरालाई अघिल्लो संविधानसभामा नेकपा एमालेले समानुपातिकबाट सभासद् बनाएको थियो । माओवादी सेना समायोजन विशेष समिति सदस्यमा रहेर बोहोराले शान्ति प्रक्रियामा उल्लेख्यीय भूमिका खेलेका थिए ।
















प्रतिक्रिया