काठमाडौं ७ माघ । संविधानसभा भवन अवस्थित नयाँ बानेश्वर क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
भवन वरपर भेला भएर, गफ गर्ने, हिडडुल गर्नेहरुमाथि समेत कडा निगरानीराखिने भएको छ । मंगलबारदेखि थप तीन नायब महानिरीक्षक (डीआईजी)को नेतृत्वमा प्रहरी परिचालन गरिएको छ । नेपाल प्रहरी र शसस्त्र प्रहरी बलका गरी झन्डै १ हजारको हाराहारीमा सुरक्षाकर्मी संविधानसभा भवन सुरक्षाका लागि परिचालित भएका छन् भने तीन डीआईजीले सुरक्षा व्यवस्थापन गरिरहेका छन् । बानेश्वर क्षेत्र संवेदनशील बनेपछि सुरक्षा घेराभित्र राखेको एक प्रहरी अधिकारीले बताए ।
संविधानसभा भवन बाहिर सडकमा विभिन्न समूहको धर्ना र विरोधको कार्यक्रमले उक्त क्षेत्र संवेदनशील बनेपछि सुरक्षा तैनाथी बलियो पारेको बताईएको छ । भवन आसपास क्षेत्रमा नेपाल प्रहरीका अर्का डीआईजी हेमन्त पाल र सशस्त्र प्रहरी बलका दुर्गा कुँवर खटिनुभएको छ । गृह मन्त्रालयले केही समयअघि बनाएको एकीकृत निर्वाचन सुरक्षा योजना अनुरुप उनीहरु परिचालित भएका हुन् ।
















प्रतिक्रिया