२ कार्तिक २०८३, सोमबार

संविधानसभामा कुर्सी भाँच्ने सभासद्लाई कारबाहीको तयारी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BICC_Samsad-Todfod3

काठमाडौँ, ७ माघ । संविधानसभामा सोमबार मध्यराति अराजक गतिविधि गर्ने सभासद्लाई कारबाही प्रक्रिया अगाडि बढाइने भएको छ ।

संविधानसभामा सोमबार राति भएको अवरोधका क्रममा कुर्सी र माइक भाँच्ने सभासद्लाई कारबाही र क्षतिपूर्तिका लागि संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले जाँचबुझ समिति बनाउने तयारी गर्नुभएको छ । त्यसका लागि सभाध्यक्ष नेम्वाङले संसदका महासचिवसँग छलफल गरिसक्नुभएको छ । संविधानसभामा ३० लाख भन्दा बढीको नोक्सानी भएको बताइएको छ ।

कांग्रेस–एमाले लगायत सत्तारुढ दलहरुको मंगलबार बसेको बैठकले संविधानसभा भएको तोडफोडको निन्दा गर्दै दोषीमाथि कारबाही गर्न र क्षतिपूर्ति भराउन सभाध्यक्षलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

अघिल्लो संविधानसभामा संसदको बैठक चलिरहँदा कुर्ची फ्याँक्ने सभासद् सञ्जयकुमार शाहलाई संसदले तीन दिनसम्म निलम्बन र जरिवाना गरेको थियो ।