पाँचथर, ७ माघ । मकर नुहाउन गएको बेला तमोर नदीमा डुबेर बेपत्ता भएका पाँचथर भारपाका एक युवा एक हप्ता बित्दा पनि फेला पर्न सकेका छैनन् ।
गत माघ १ गते परिवारसहित मकर नुहाउन गएका भारपा– ९ का २६ वर्षीय राजेश योक्पाङदेन अहिलेसम्म फेला पर्न नसकेका हुन् । पाँचथर र तेह्रथुमको सिमाना भएर बग्ने तमोर नदीबाट हराइरहेका उनको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक रविराज थपलियाले जानकारी दिनुभयो । रासस















प्रतिक्रिया