पथरी, ७ माघ । मानसिक सन्तुलन गुमेर १४ वर्षसम्म साङ्लोेले रुखमा बाँधेर राखिएका एक मानसिक रोगीले अहिले नयाँ जीवन पाएका छन् ।
राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालयको पहलमा निःशुल्क उपचार भएपछि मोरङ मृगौलिया– ४ का सीताराम घिमिरेले नयाँ जीवन पाएका हुन् ।
मानसिक सन्तुलन गुमाएका सीतारामको आर्थिक अभावका कारण लामो समयसम्म उपचार हुन सकेको थिएन । आयोगको पहलमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले उनको निःशुल्क उपचार गरिदिएको थियो ।
राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहोना अन्सारीले मानसिक स्वास्थ्यमा सरकारले ध्यान नदिँदा मानसिक रोगीहरु सामान्य मानवअधिकारबाट समेत वञ्चित भएको बताउनुभयो ।















प्रतिक्रिया