८ कार्तिक २०८३, आइतबार

भारतमा जागिर गर्न हिँडेका सोह्र युवती अझै बेपत्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahila Bepattaइलाम, ७ माघ । दलालको प्रलोभनमा परी रोजगारीका लागि भारतीय सहरमा जाने भन्दै हिँडेका १६ युवती अझै बेपत्ता छन् ।

माइती नेपाल पशुपतिनगर आवधिक गृहले दिएको जानकारीअनुसार सन् २०१४ मा भारतमा हराएका भनी ३३ जनाको निवेदन परेको थियो ।

तीमध्ये १७ जनालाई फेला पारी आफन्तको जिम्मा लगाइएको आवधिक गृहका संयोजक होम ढकालले जानकारी दिनुभयो ।

उनीहरूलाई भारतको दार्जिलिङ, सिक्किम, सिलिगुढीलगायतका घर तथा होटलबाट उद्धार गरी परिवार तथा अभिभावकको जिम्मा लगाएको हो ।

हराएकाको माइती नेपाल र माइती नेपाल सञ्जाल समूहले व्यापक खोजी गरिरहेको जनाएको छ ।

अवैध नाका हुँदै रोजगारीका लागि भारत हिँडेका ३६८ जना युवतीलाई सीमाक्षेत्रबाटै परामर्श गरी घर फर्काएको छ ।

माइती नेपालले ६८७ जना युवतीलाई परामर्श सेवा प्रदान गरेको छ ।

जिल्लाका सीमावर्तीका अवैध नाकाको प्रयोग गरी दलालले किशोरीलाई भारततर्फ लैजाने गरेको माइती नेपालले जनाएको छ ।

जिर्मले, श्रीअन्तु, पशुपतिनगर, समालबुङ, गोर्खे, जोगमाई, माईमझुवा र मावु गाविसका चोरबाटोबाट दलालले चेलीबेटीलाई रोजगारीको प्रलोभन देखाएर भारतका विभिन्न सहर पुयाउने गरेका छन् ।

चेलीबेटी बेचबिखन नियन्त्रण गर्न माइती नेपालले सीमावर्ती गाविसका महिलाको नेतृत्वमा गठित सञ्जाल समूहले महिलालाई भारत नजान सुझाव दिने, गाउँमा चेलीबेटी बेचबिखनबारे जनचेतना फैलाउनेलगायतका काम गर्न सुरू गरेको ढकालले बताउनुभयो ।

सीमा क्षेत्रमा रोकिएका र उद्धार गरिएका युवतीलाई माइती नेपालले सीपमूलक कार्यक्रम कम्प्युटर, सिलाइकटाइसम्बन्धी तालिम समेत दिँदै आएको छ ।