वीरगन्ज, ७ माघ । मङ्गलबारको बन्दका कारण वीरगन्ज भन्सारको राजस्व असुली कार्यमा समेत प्रभावित भएको छ ।
बन्दले भन्सार कार्यालयलाई करिब ३५ करोड घाटा भएको वीरगन्ज भन्सार कार्यालयका प्रवक्ता गोपाल खत्रीले जानकारी दिनुभयो ।
सोमबारका दिन झन्डै २७/२८ करोड राजस्व सङ्कलन हुनुपर्नेमा २० करोड मात्रै सङ्कलन भएकोे र मङ्गलबार दिनभरि नाका बन्द हुँदा करिब २५ करोड गरी दुई दिनमा ३५ करोड घाटा भएको कार्यालय प्रमुख भन्सार अधिकृत रामहरि अर्यालले बताउनुभयो ।















प्रतिक्रिया