१ कार्तिक २०८३, आइतबार

झडपमा एनेकपा माओवादीका नेता जनार्दन शर्मा घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Banda-Kathmandu1

काठमाडौँ, ६ माघ । बन्दमा उत्रिएका एनेकपा माओवादी सहितको मोर्चाका कार्यकर्ता र सुरक्षाकर्मीबीचको दोहोरो झडपका क्रममा एनेकपा माओवादीका नेता जनार्दन शर्मा घाइते भएका छन् ।

संविधानसभा बैठक स्थगित भएसँगै संविधानसभा भवन नयाँ बानेश्वरबाट बबरमहलतर्फ आउँदै गरेका एनेकपा माओवादीसहित विपक्षी दलका नेताहरुलाई लिन हिडेका कार्यकर्ता र सुरक्षाकर्मीबीच बिजुलीबजार पुलमा भएको दोहोरो झडपका क्रममा शर्मालाई टाउकोमा चोट लागेको हो । झडपमा दुई जना सुरक्षाकर्मीसमेत घाइते भएका छन् ।