८ कार्तिक २०८३, आइतबार

बन्द गराउँदै हिँडेका माओवादीका नेता डडेल्धुरामा यसरी कुटिए

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dadeldhura-Maobadi-Banda

राजेन्द्र ठगुन्ना

डडेल्धुरा, ६ माघ । एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाले गरेको नेपाल बन्दको प्रतिकारमा उत्रिएका स्थानीय व्यापारी र बन्दकर्ताबीच डडेल्धुरा सदरमुकाममा झडप भएको छ ।

सदरमुकामको बागबजार तुफानडाँडामा झडप हुँदा बन्दकर्ता एकीकृत नेकपा माओवादीका जिल्ला अध्यक्ष पदम जोशी (विप्लप) जिल्ला सचिव उमेश भट्ट (विकास) जिल्ला सहसचिव लक्ष्मी धिक्तलाई व्यापारीहरुले निर्घात रुपमा कुटेका छन् ।

बजार खुलाउदै गएका व्यापारी र बन्द गराउदै आएका बन्दकर्ताबीच झडप भएको हो । झडपमा घाइतेहरुको उपक्षेत्रिय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ । भट्टको टाउको र पिठयुँमा, सह सचिव धिक्तको ओठमुखमा चोट लागेको र जिल्ला अध्यक्ष पदम जोशीलाई सामान्य चोट लागेको छ ।

Dadeldhura-Maobadi-Banda1
बन्द खुलाउदै बजार व्यवसायीहरु

बजारमा झडपको स्थिति सिर्जना भएपछि व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ भने बजार व्यवसायीहरुले पूर्णरुपमा बजार खुलाएका छन् ।

Dadeldhura-Maobadi-Banda4
घाईते एमाआवादी सचिव भट्टको उपचार गरिदै उपक्षेत्रिय अस्पताल डडेल्धुरामा

 

तस्वीर: राजेन्द्र ठगुन्ना