
राजविराज, ६ माघ । नेपाल–भारत सीमाबाट भन्सार छलेर अवैध रुपमा भित्रिएको २५० केजी सुपारी आज बिहान राजविराज नगरपालिका–३ स्थित कुनौली मोडबाट बेवारिसे अवस्थामा प्रहरीले फेला पारेको छ ।
पाँचवटा बोरामा फेला परेको सो सुपारी जिल्ला प्रहरी कार्यालय सप्तरीले राजविराज भन्सार कार्यालयमा बुझाइएको छ । विशेष सुराकीका आधारमा फेला परेको अवैध सुपारीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस















प्रतिक्रिया