१ कार्तिक २०८३, आइतबार

डडेल्धुरामा बन्दविरुद्ध हजारौं नागरिक सडकमा, एमाओवादीका जिल्ला सचिव कुटिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dadeldhura-Banda-Birod2

राजेन्द ठगुन्ना

डडेल्धुरा, ६ पुस । एमाओवादी नेतृत्वको मोर्चाले आह्वान गरेको बन्दको डडेल्धुरामा व्यापारीहरुले प्रतिकार गरेका छन् । बन्द गराउँदै हिडेँका एमाओवादी कार्यकर्ता र बन्दको विरोधमा सडकमा निस्किएका व्यापारीबीच डडेल्धुरा सदरमुकामको बागबजारमा झडप भएको छ ।

बजार खुलाउँदै हिँडेका व्यापारीमाथि हातपात गर्न खोजेपछि व्यापारीहरुले एकीकृत नेकपा माओवादी डडेल्धुराका जिल्ला सचिव उमेश भट्टलाई निर्घात रुपमा कुटपिट गरेका छन् । उनको डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । व्यापारीहरुको आक्रमणबाट उनको टाउको र पिठ्युँमा चोट लागेको छ ।

डडेल्धुरामा बिहानैबाट बन्दको विरुद्ध प्रतिकार भएको हो । बिहानै सदरमुकाममा बन्दकर्ताले टायर बालेर प्रदर्शन गर्दै बजार बन्द गराएपछि डडेल्धुराका स्थानीय व्यापारीहरुले बन्द चाहिँदैन भन्दै बन्दको प्रतिकार गरेका छन् । एक हजार भन्दा बढी व्यापारी र सर्वसाधारण सडकमा आएपछि बन्दकर्ता भागेका थिए ।

एमाओवादी जिल्ला नेता कुटिएपछि अहिले डडेल्धुरामा थप झडपको स्थिति देखा परेको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रशसनले व्यापक सुरक्षाकर्मी परिचालन गरेको छ ।

Dadeldhura-Banda-BirodDadeldhura-Banda-Birod1