१ कार्तिक २०८३, आइतबार

संविधानसभा तोडफोड, ओली र भण्डारीमाथि आक्रमण, मर्यादापालकको हात भाँचियो (हेर्नुस् फोटोहरु)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BICC_Samsad-Todfod4

काठमाडौँ, ६ माघ । एमाओवादी सभासद्हरुले संविधानसभामा तोडफोड र हुलदंगा मच्चाएका छन् । निर्धारित समयभन्दा साढे ११ घन्टापछि सुरु भएको संविधानसभाको बैठकमा प्रश्नावली निर्माण प्रस्तावसम्बन्धी समिति गठनको प्रस्ताव पेस गर्न नपाउँदै एमाओवादी सभासद्हरुबाट तोडफोड र नाराबाजी भएको हो ।

BICC_Samsad-Todfod11

बैठकमा सभाध्यक्ष सुवास नेम्वाङले नेपाली काँग्रेसका मुख्य सचेतक चीनकाजी श्रेष्ठलाई संविधानसभामा रहेका ३१ दल र दुई स्वतन्त्र सभासद्सहित सबैको प्रतिनिधित्व हुने गरी प्रश्नावली समिति गठनको प्रस्ताव राख्न अनुमति दिएपछि एकीकृत नेकपा माओवादी तथा मधेसकेन्द्रित दलले नाराबाजी र तोडफोड सुरु गरेका थिए ।

BICC_Samsad-Todfod9

संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले संविधानका अन्तर्वस्तुमा सहमति पनि कायम गर्न नसकेको र प्रश्नावली पनि सभासमक्ष प्रस्तुत गर्न नसकेकाले संविधानसभा नियमावली, २०७० को नियम ९१ बमोजिम प्रस्ताव निर्माण समिति अपरिहार्य भएको सभाध्यक्षले स्पष्ट गर्नुभएको थियो ।

BICC_Samsad-Todfod4

प्रस्तावका विपक्षमा रहेका सभासद्ले मुख्य सचेतक श्रेष्ठलाई रोस्ट्रममा जान दिएनन् भने बल्लतल्ल मञ्चमा पुग्नुभएका उहाँलाई मर्यादापालकले चिन्न नसकेर रोकेका थिए । कुर्सी फोड्ने, माइक भाँच्ने र सभाध्यक्षको आसनतर्फ जुत्ताले प्रहार गर्नेजस्ता अति अशिष्टता प्रदर्शन भएपछि सभाध्यक्ष नेम्बाङले बैठक स्थगन गर्नुभएको थियो । करिब सात मिनेटको अवरोधपछि सभाध्यक्षले मंगलबार अपराह्न १ बजे सम्मका लागि बैठक स्थगन भएको घोषणा गर्नुभयो ।

BICC_Samsad-Todfod3

अवरोधका क्रममा धकेलाधकेल तथा नाराबाजी हुनाका साथै केही कुर्सी र माइक पनि भाँचिएका थिए । मर्यादापालकहरुले रोस्ट्रममा जान खोज्ने सभासद्लाई रोक्न निकै हम्मे हम्मे परेको थियो । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रक्रियामा जान खोजिए प्रतिकारमा उत्रिन १९ दलीय मोर्चाका सभासद्हरूलाई निर्देशन दिएको स्रोतले बतायो।

ओली र उपाध्यक्ष विद्या भण्डारीमाथि आक्रमण

अराजक रुपमा प्रस्ताव भएका माओवादी सभासदले संविधानसभा बैठकमै नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली र उपाध्यक्ष विद्या भण्डारीमाथि आक्रमण गरेका छन् । संविधानसभामा आक्रमणमा उत्रिएका एमाओवादी सभासद्ले ओलीलाई छातीमा माइकले प्रहार गरेका हुन् । ओलीलाई जोगाउन खोज्दा एमाले मोरङ– १ का सभासद् ऋषिकेश पोखरेल समेत आक्रमण भएको छ ।

‘मलाई नै ताकेर माइकले छातीमा हान्ने काम भयो, तर यस्ता घटनाबाट म डराउँदिँन,’ संविधानसभा भवनबाट निस्किएपछि एमाले अध्यक्ष ओलीले भने, ‘माओवादीले संविधानसभामा तोडफोड गरेर असली रुप देखाएको छ । बैठक स्थगित भएपछि फर्निचर तोडफोड, माइक भाँचभुाच भो । थकाइ लागुन्जेल माओवादीले आफ्नो असली रुप देखाए । बाँदरे घुर्की देखाउने र झट्टी हान्ने काम भयो । संविधान बनाउने ठाउँमा कस्ता मानिस आएका रहेका छन् भन्ने प्रष्ट भएको छ ।’

एमाओवादीलाई अझै पनि सम्झाउने काम हुने भन्दै ओलीले भने ‘उग्रपन्थीहरुलाई १२ बुँदे सम्झौता गर्दै यहाँसम्म ल्याइएको छ, अझै सम्झाउने बुझाउने काम जारी रहन्छ ।’

एमाले उपाध्यक्ष भण्डारीले एमाओवादी नेता बाबुराम भट्टराईको प्रत्यक्ष निर्देशनमा आक्रमण भएको बताइन् ।

संविधानसभा अध्यक्षमाथि समेत आक्रमण प्रयास

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङमाथि समेत आक्रमणको प्रयास भएको छ । तर, नेम्वाङमाथि आक्रमण हुन पाएन् । नेम्वाङलाई छेक्न गएका मर्यादामालकमाथि एमाओवादी सभासद्ले आक्रमण गरेका छन् । आक्रमणबाट मर्यादापालक सुनिता सुब्बासहित १२ जना घाइते भएका छन् । घाइते तीन जनाको अबस्था गम्भीर छ । सुब्बाको हात भाँचिएको छ । आक्रमणमा उत्रिएका एमाओवादीका जनार्दन शर्मालाई पनि सामान्य चोट लागेको छ। सभाध्यक्षको आसनअगाडिको टेलिभिजन पनि फुटाइएको छ।

BICC_Samsad-Todfod8

नाण्डप नृत्यु हो: सत्ता पक्ष

तोडफोडपछि कडा टिप्पणी गर्दै सत्ता पक्षका नेताहरुले यसलाई ताण्डव नृत्यको संज्ञा दिएका छन् । एमाले वरिष्ठ नेता झलनाथ खनालले यसलाई लोकतान्त्रिक संस्कार मान्न नसकिने बताए ।

उपप्रधान एवं गृहमन्त्री वामेदव गौतमले जंगली राजको नमुना भएको टिप्पणी गरे ।

कांग्रेस उपसभापति रामचन्द्र पौडेलले क्रान्तिका नाममा लोकतन्त्र, राष्ट्र र जनताको अपमान भएको उल्लेख गरेका छन्।

सभाध्यक्ष नेम्बाङले घटनाको जति भत्र्सना गरे पनि नपुग्ने बताए।

BICC_Samsad-Todfod5 BICC_Samsad-Todfod7BICC_Samsad-Todfod15BICC_Samsad-Todfod14BICC_Samsad-Todfod16