१ कार्तिक २०८३, आइतबार

विप्लव माओवादीबाट हिमाल ग्यासको डिपो कब्जा, २ हजार ग्यास सित्तैमा बाँडिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ माघ । केही महिना अघिमात्रै मोहन वैद्य नेतृत्वको माओवादीबाट छुटिट्एको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले ललितपुरमा हिमाल ग्यासको मुख्य डिपो कब्जा गरेको छ ।

ग्यास लुकाएर कालोबजारी गरेको भन्ने सूचनाका आधारमा विप्लव माओवादीका कार्यकर्ताले ललितपुरको ग्वार्कोस्थित हिमाल ग्यासको मुख्य डिपो ‘कब्जा’ गरेका हुन् । विप्लव माओवादीका कार्यकर्ताले २ हजार ग्यास सित्तैमा बाँडिदिएका छन् । गोदाममा छापा मार्दा पाँच हजार ग्यास सिलिण्डर भेटिएको माओवादी केन्द्रीय सदस्य सुदीप मल्लले जानकारी दिए । कालोबजारी, तस्कर र भ्रष्टाचारीमाथि यसरी नै कारबाही गर्दै जाने उनले बताए ।

Gas
खाना पकाउने एलपीजी ग्यास सहजरुपमा आपुर्ति नपाएको भन्दै सोमबार बिराटनगरको ट्राफिक चौकमा रित्तो सिलिण्डर प्रर्दशन गर्दै उपभोक्त्ताहरु । उनिहरुले अझै पुर्बमा ग्याँसको अभाव र कालोबजारी भैरहेको भन्दै तत्काल सहज आपुर्ति गर्न माग गरेका छन । फोटो : गणेश लम्साल / रासस

 

सहित देशका विभिन्न भागमा केही दिन यता ग्यासको हाहाकार छ । व्यापारीहरुले कालोबजारी गर्दा समेत प्रशासन निकम्मा बनेको छ ।