भक्तपुर, ५ माघ । नेपाली काँग्रेसका भक्तपुरका युवा नेता रोशन पौडेल दुर्घटनामा परी गम्भीर घाइते हुनुभएको छ ।
काँग्रेस भक्तपुर जिल्ला सदस्य चाँगुनारायण नगरपालिका–९ का पौडेल आफँैले चलाएको वा ३ च ४६१८ नंको आफ्नै कारमा भक्तपुरबाट घर फर्कने क्रममा घर नजिकै पुगेपछि करिब ११ः३० बजे सडकबाट १५ फि तल खस्दा घाइते भएकाले स्थानीयवासीले उद्धारगरेपछि हाल मध्यपुरथिमिस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।
घाइते पौडेलको अवस्था गम्भीर रहेको, होस नआएको तथा टाउको, करङ र ढाडमा गम्भीर चोट लागेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । आजै काँग्रेसका नेता शेरबहादुर देउवा, उपप्रधानमन्त्री प्रकाशमान सिंह, सिँचाइमन्त्री एनपी साउद, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री विमलेन्द्र निधि, काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँड र सभासद् उद्यशमसेर राणालगायतले अस्पताल पुगेर पौडेलको स्वास्थ्य अबस्थाबारे जानकारी लिई शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको थियो । रासस















प्रतिक्रिया